प्रधानमन्त्री माधव कुमार नेपालले अष्ट ज अर्थात जल, जमिन, जलवायु, जराजरी, जंगल , जडिबुटि, जनशक्ति, जनावर भन्ने अभियानले आर्थिक क्रान्तिका लागि सहयोग पुग्ने धारणा राख्नुभएको छ । विहीवार अष्ट ज अभियान नेपालद्वारा राजधनीमा अयोजित नेपालको आर्थिक क्रान्तिका लागि अष्ट ज विषयक विचार तथा कार्यशाला गोष्ठीमा बोल्दै प्रधानमन्त्री नेपालले सो धारणा राख्नुभएको हो । एमालेको तत्कालीन सरकारले पनि नौ स को कार्यक्रम अगि सारेको उल्लेख गर्दै उहाँले अष्ट ज लाई पनि कार्यान्वयन गर्न सके देशको गरिवी, वेरोजगारी पछौटेपन लगायतका समस्या हल हुने समेत विश्वास व्यक्त गर्नुभयो । अष्ट ज कायक्रमलाई आफुले सम्बन्धीत मन्त्रालय, मन्त्री, प्रशासकीय व्यक्तित्व तथा राष्ट्रिय योजना आयोगसँग समेत परामर्श गरिने बताउनुभयो । नेपालमा विदेशी लगानीको अभाव नरहेको बताउँदै उहाँले अनुकुल वातावरणको अभावमा त्यो प्रभावकारी हुन नसकेको उहाको तर्क थियो ।


कार्यकममा अष्ट ज अभियान नेपालका संस्थापक तथा अमेरिकाको लुसियाना विश्वविधालयका प्रध्यापक डा दीर्घराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै अमेरिकामा वस्दा धेरै नेपालीहरुले निराशाका कुरा मात्र व्यक्त गरेको देखेपछि नेपालको संभावनावारे चिन्तन गर्दा अष्ट ज अभियानको सोच आएको बताउनुभयो । नेपाल वास्तवमै साधन स्रोतले भरिपुर्ण देश भएको बताउँदै उहाँले विगतका सरकारले राष्ट्रलाई विभिन्न राष्ट्रको स्तरमा पुरयाउने दावी गरेपनि परम्रागत नीति तथा राजनैतिक स्थायीत्वको अभावका कारण असफल भएको चर्चा गर्नुभयो । उहाँले अष्ट ज अभियानको आफुहरुले संवैधानिक प्रत्याभुति खोजेको बताउनुभयो । नेपाललाई नेपालको जलको उपयोगवाट मात्रैपनि दक्षिण एसियाली देशहरु भन्दा धनी बनाउन सकिने दावी पोखरेलले गर्नुभयो । कार्यक्रममा जनावर विशेषज्ञ डा मुकेश चालिसेले नेपालको रातो वादर विश्वमा औषधी परीक्षाको लागि एकमात्र विश्वसनीय जनावर भएको बताउँदै जनावरको उपयोगीतालाई राज्यको राजस्व एवं जनताको जीविकोपार्जनसँग जोडेर ल्याउन सकेमा उपलब्धीमुलक हुने बतउनुभयो । कार्यक्रममा परराष्ट्रविद हिरष्यलाल श्रेष्ठले जनशक्तिको वारेमा चर्चा गर्दै नेपालमा देखिएको ब्रेन ड्रेनको समस्यालाई समाधान गर्न पहलको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा जडिबुटि विशेषज्ञ डा ठाकुर अधिकारीले जडिबुटिसम्बन्धी नीति सहि नभएको तर्क गर्नुभयो । जडिबुटि उखेलेरै ल्याउने व्यापारिक प्रक्रियाले जडिबुटिको संरक्षण हुन नसकेको तर्क गर्दै उपयुक्त संरक्षण नीत बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको जामिनमा गाडिएका जंगी खम्वाहरु हराएको उल्लेख गर्दै मुलुकको सर्वाङिगण विकासको लागि अष्ट ज अभियान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा ग्रामीण विकास सम्बन्धी डा प्रेम शर्माले आफ्नो धारणा राख्नुभएको थियो भने शिव अधिकारी ले कार्यक्रमको सारांश खिच्नुभएको थियो । कार्यक्रमको सभापतित्व अष्ट ज अभियानका अध्यक्ष लोककृण्ण भट्टराईले गर्नुभएको थियो भने संचालन संस्थाका महासचिव निलकण्ठ तिवारीले गर्नुभएको थियो ।
No comments:
Post a Comment